नियम १६
विवरण राख्नु पर्ने

(१) यस नियमावली बमोजिम रेडियो यन्त्र बिक्री वितरण गर्न लाइसेन्स प्राप्त गर्नेले सो बिक्री वितरण गरेको मिति, रेडियो यन्त्रको किसिम, खरिद कर्ताको नाम तथा स्थायी ठेगाना सहितको विवरण स्पष्ट खुल्ने गरी रजिष्टर राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको विवरण प्रत्येक ६ महिनामा लाइसेन्स दिने अधिकारी समक्ष पठाउनु पर्नेछ ।